फरार प्रतिवादी पक्राउ
२०८३-०५-१९
- A
- A-
- A+
मिति २०८३।०५।१८ गते अन्दाजी १७:३० बजेको समयमा वडा प्रहरी कार्यालय हेटौडा
मकवानपुरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौँ
जिल्ला अदालतबाट बैँकिङ कसुर मुद्धामा
पक्राउ पुर्जि जारी भई वारदात पश्चात फरार रहेका चालु मुद्दाका प्रतिवादी जिल्ला मकवानपुर हेटौडा
उपमहानगरपालिका ०२ स्थित संगमचोक बस्ने बिर बहादुर सुनारको छोरा वर्ष अन्दाजी ४२ को रमेश सुनारलाई खोजतलास गर्ने
क्रममा निजकै घर वतनबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको ।