प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

खोलाले बगाई १ जना महिलाको मुत्यु

२०८३-०५-१९

  • A
  • A-
  • A+
Share

मिति २०८३।०५।१८ गते अन्दाजी १९:२० बजेको समयमा जिल्ला मकवानपुर राक्सिराङ गाँपालिका ०५ बोटबारी स्थितमा रहेको मनहरी खोलाले जिल्ला मकवानपुर कैलाश गाँपालिका ७ डुम्बरे बस्ने बर्ष अन्दाजी ६० की कान्छि माँया चेपाङलाई (जिल्ला मकवानपुर राक्सिराङ गाँपालिका ०३ आउले माईती घरबाट आफ्नो घर तर्फ जाने क्रममा) खोला तर्ने क्रममा बगाएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरीको टोली खटि गई राक्सिराङ गाँपालिकाको नगर प्रहरी संग समन्वय गरी खोजतलास गर्ने क्रममा मिती २०८३।०५।१९ गते अन्दाजी ०७:१० बजेको समयमा बगाई बेपत्ता भएकी महिलालाई बगाएको स्थान बाट अन्दाजी ५ कि.मि. तल जिल्ला मकवानपुर राक्सिराङ गाँपालिका ५ ठाडे स्थित मनहरी खोलामा मृत अबस्थामा फेला पारेको, मृतकको आफन्त घटनास्थलमा आईसकेको, थप अनुसन्धान तथा मुचुल्काको लागी (soco) सहितको प्रहरी टोलि पुगि आवस्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
भरुवा बन्दुक फेला
२०८३-०५-१९

मिति २०८३/०५/१८ गते अन्दाजी १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटि गएको गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा जिल्ला धादिङ निलकण्ठ नगरपालिका ०७ मर्स्याङछाप स्थित भरुवा बन्दुक रहेको भनि गोप्य सूचनाको अधारमा खोजतलास गर्दै जाँदा ऐ. स्थित खरबारी बनमा भिर पाखोमा रहेको दुई वटा ढुङ्ङाको विचको खोचमा पहेलो रंगको बोरामा मकैको ढोडले छोपी राखिएको भरुवा बन्दुक थान-१ (एक) बेवारिसे अवस्थामा फेला पारी सोको मुचुल्का कार्य पश्चात आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।