प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसुवा बाढी: हालसम्म ७१९ जनाको शव फेला

२०८३-०५-१८

  • A
  • A-
  • A+
Share

रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १०:०० बजे सम्म बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७ सय १९ जनाको शव फेला परेको छ । 

जसमध्ये रसुवामा १२७ जना, नुवाकोटमा १७७ जना, धादिङमा ६० जना, चितवनमा ३ सय ५५ जनाको शव फेला परेको हो । 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।

लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवापुरबाट प्रहरी नायव निरीक्षक, अस्थाई प्रहरी पोष्ट हटिया मकवानपुरबाट प्रहरी नायव निरीक्षक र अस्थाई प्रहरी पोष्ट हरियाली मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६, पुर्बेली दमार बस्ने नारायण सिंह बोम्जनको छोरा वर्ष अन्दाजी २१ को रंजन बोम्जनको सुत्ने कोठा खान तलासी गर्दा कोठामा झोला भित्र लुकाइ छिपाई राखेको अवस्थामा लागुऔषध ट्रामाडोल ४,८६० (चार हजार आठ सय साठ्ठी) ट्याब्लेट, एन्टिकफ १,०२६ (एक हजार छब्बिस) ट्याब्लेट र नाइट्राजेपाम ४५ (पैतालिस)  ट्याब्लेट गरी जम्मा ५,९३१ (पाच हजार नौ सय एकतिस) ट्याब्लेट फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको ।