रसुवा बाढी: हालसम्म ६१९ जनाको शव फेला
२०८३-०५-१७
- A
- A-
- A+
रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार
बिहान ०६:०० बजे सम्म बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत ६ सय १९ जनाको शव
फेला परेको छ ।
जसमध्ये रसुवामा ५७ जना, नुवाकोटमा १५५ जना, धादिङमा ५९ जना, चितवनमा ३ सय ४८ जनाको शव फेला परेको हो ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न
जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी
गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।