प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

एउटै घरमा २४ वटा शव फेला, मुचुल्ला कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भईरहेको

२०८३-०५-१६

  • A
  • A-
  • A+
Share

नुवाकोट, भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गरिरहेको थियो । प्रहरीले ड्रोनको क्यामेरामा १ वटा शव देख्यो ।

ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्दार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्‍यो । उक्त शव फेला परेको स्थान विदुर नगरपालिका-१० बेत्रावती स्थित बच्चुराम अवस्थीको घर भएको खुल्न आयो । घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शव सम्म पुग्न निकै नै कठिन देखियो । नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरी लगायतको सामाग्री एकजुट गर्‍यो । दलदले हिलो माथि उक्त सामाग्रीहरू प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको उक्त घर सम्म पुग्न सफल भयो ।  

उक्त घरमा प्रवेश गरे पछि फेला परेको शव नजिक थप शव हुनसक्ने आशंकामा खोजी गर्ने क्रममा अन्य २३ वटा शव समेत फेला पर्‍यो । फेला परेका शव मध्ये १ बालिका, ११ वटा पुरूष र १२ वटा महिलाको शव रहेको छ । शवको मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको छ । दलदले हिलोका कारण उक्त स्थानमा शव व्यवस्थापनको लागि हेलिकप्टर नै आवश्यक रहेको हुँदा निकै कठिनाई भइरहेको छ । 

उक्त क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह, एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिई उद्दार तथा खोज कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
भरुवा बन्दुक फेला
२०८३-०५-१९

मिति २०८३/०५/१८ गते अन्दाजी १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटि गएको गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा जिल्ला धादिङ निलकण्ठ नगरपालिका ०७ मर्स्याङछाप स्थित भरुवा बन्दुक रहेको भनि गोप्य सूचनाको अधारमा खोजतलास गर्दै जाँदा ऐ. स्थित खरबारी बनमा भिर पाखोमा रहेको दुई वटा ढुङ्ङाको विचको खोचमा पहेलो रंगको बोरामा मकैको ढोडले छोपी राखिएको भरुवा बन्दुक थान-१ (एक) बेवारिसे अवस्थामा फेला पारी सोको मुचुल्का कार्य पश्चात आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।