प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा

२०८३-०२-१५

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-, चौबिसकोठी स्थित ओम आदी होटल संचालन गर्दै आएका सुरेन्द्र बस्नेतको साथबाट खैरो हिरोइन जस्तो देखिने लागु औषधको धुलो ४.३८० मिलि ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खैरहनीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
भरुवा बन्दुक फेला
२०८३-०५-१९

मिति २०८३/०५/१८ गते अन्दाजी १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटि गएको गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा जिल्ला धादिङ निलकण्ठ नगरपालिका ०७ मर्स्याङछाप स्थित भरुवा बन्दुक रहेको भनि गोप्य सूचनाको अधारमा खोजतलास गर्दै जाँदा ऐ. स्थित खरबारी बनमा भिर पाखोमा रहेको दुई वटा ढुङ्ङाको विचको खोचमा पहेलो रंगको बोरामा मकैको ढोडले छोपी राखिएको भरुवा बन्दुक थान-१ (एक) बेवारिसे अवस्थामा फेला पारी सोको मुचुल्का कार्य पश्चात आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।