प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागु औषध चरेस र गाँजा सहित ३ मानिस नियन्त्रणमा ।

२०८३-०१-०७

  • A
  • A-
  • A+
Share

धादिङगल्छि गाउँपालिका-७ गल्छि बजार स्थित सोही ठाउँ बस्ने बर्ष अन्दाजी-३२ संगम श्रेष्ठको घरमा शंकास्पद रुपमा निम्न: मानिसहरु जिल्ला बाँके कोहलपुर नगरपलिका वडा-१० बस्ने बर्ष अन्दाजी-२० को छोटु अन्सारी र कोहलपुर नगरपालिका- १० बस्ने बर्ष अन्दाजी- ३५ को साहिद अलि बसिरहेको अबस्थामा शंका लागि नियन्त्रणमा लिएर चेकजाँज तथा खानतलासी गर्दा खरानी कलरको सुटकेश भित्र १७ किलो ४१० ग्राम लागुऔषध गाजाँ  तथा कालो कलरको भिर्ने झोला भित्र लागुऔषध २ किलो ५० ग्राम चरेस फेला परेकोले ३ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।