प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

उपचारको क्रममा एक पुरुष मृत्यु

२०८३-०१-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ गर्देई चोक स्थित रहेको कुमार श्रेष्ठको घरमा डेरा गरी बस्ने जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-४ निबुवाटार घर भएको वर्ष अन्दाजी २३ को सुजन प्रजाले आफु सुत्ने कोठामा रहेको सिलिङपंखामा सलको पासो लगाई झुण्डि रहेको अवस्थामा निजको दाजु सुबास प्रजाले देखि तत्काल पासो निकाली उपचारको लागी हेटौंडा अस्पताल मकवानपुरमा ल्याएकोमा उपचारकै क्रममा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको छ । उक्त घटनाको थप अनुसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।