प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा लागुऔषध गाँजा र अफिम सहित दुई जना मानिस पक्राउ

२०८२-१२-२९

  • A
  • A-
  • A+
Share

धादिङ गजुरी गाउँपालिका-१ गजुरी बजार स्थित पृथ्वीलोकमार्ग सडक खण्डमा विशेष सुराकीको आधारमा यस इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक बलराम श्रेष्ठको कमाण्डमा ७ जनाको टोली खटि गई आदमघाटबाट गजुरीतर्फ आउदै गरेको बा ५ ख ७५३७ नम्बरको आईचरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त आइचरको पछाडी ढालामा कालो त्रिपालले छोपेको ९ ( नौ ) वटा सेतो कलरको बोराभित्र खोली हेर्दा पहेलो कलरको प्लाष्टिकले बेरी पोका पारी राखेको अवस्थामा २८६ किलो ४०० ग्राम लागुऔषध गाँजा र २०० ग्राम अफिम जस्तो देखिने चिजवस्तु फेला परेको हो । उक्त लागूऔषध गाँजा र अफिम जस्तो देखिने चिजवस्तु भेटिए पश्चात आईचर चालक र आईचरमा सवार एक व्यक्तिलाई नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेमा आईचर चालक जिल्ला धादिङ नीलकण्ठ न.पा. ८ बस्ने हिरालाल बि.क. को छोरा वर्ष अन्दाजी २२ को अम्मर बि.क. र आईचरमा सवार जिल्ला धादिङ सिद्वलेक गा.पा.-५ बस्ने लाल बहादुर बि.क. को छोरा वर्ष अन्दाजी १९ को होम बहादुर बि.क. रहेको छ । यस घटनामा थप अनुसन्धान कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।