प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-१५

  • A
  • A-
  • A+
Share

काभ्रेपलान्चोक, पाँचखाल नगरपालिका-५ स्थित एक महिला को झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने जयराम घिमीरेको श्रीमती २२ वर्षीय  स्वस्तिका तिमलसिना रहेका छन् । निज  आफ्नै घर नजिक रहेको कुखुरा फर्मको बाँसको बलोमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला पारेका थिए ।  घट्नाको सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।