प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१२-०८

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाईकुण्ड गाउँपालिका वडा-६ धुन्चे स्थित प्रहरी टोलीले सवारी साधन चेक जाचँ गर्ने क्रममा स्याफ्रुबेशीबाट काठमाण्डौतर्फ जादै गरेको ना१ज ४३४८ नम्बरको गाडीमा सवारी जिल्ला रसुवा आमाछोदिङमो गाउँपालिका वडा-३ गत्लाङ बस्ने देब वाङदी लामाको छोरी बर्ष अन्दाजी-१९ की गंगा लामा तामाङले बोकेको खैरो रङको झोला चेक जाँच गर्दा उक्त झोला भित्र चरेस जस्तो देखिने कालो पदार्थ अन्दाजी ८६ ग्राम फेला पारी उक्त समान सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।

सम्बन्धित समाचार
३ किलो ४७८ ग्राम लागुऔषध अफीम सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-०५

मकवानपुर, मनहरी गाउँपालिका-७, स्थित इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलिले रुपाचुरी देखि मनहरी बजार तर्फ आवतजावत गर्ने भित्रि सडकखण्डमा गस्ति गर्दे जाने क्रममा रुपाचुरी तर्फ बाट मनहरीबजार तर्फ पैदल हिडिरहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, रुपाचुरी बस्ने वर्ष अन्दाजी ३२ को देबचन्द्र घलानलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको कपडाको रातो कलरको झोला भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध अफीम जस्तो देखिने पदार्थ ३ किलो ४७८ ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।