प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-२९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१०, रिजालचोक स्थित प्रहरी चौकी नारायणगढ बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले जिल्ला स्याङ्जा घर भइ हाल जिल्ला चितवन भरतपुर महरनगरपालिका-१०, हाकिमचोक बस्ने वर्ष १९ को बिशेष थापालाइ शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागुऔषध ट्रामाडोल ८९ पिस र भुमिन ९८ पिस फेला परेको थियो । लागुऔषध सहित निजलाइ नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको ।

सम्बन्धित समाचार
३ किलो ४७८ ग्राम लागुऔषध अफीम सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-०५

मकवानपुर, मनहरी गाउँपालिका-७, स्थित इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलिले रुपाचुरी देखि मनहरी बजार तर्फ आवतजावत गर्ने भित्रि सडकखण्डमा गस्ति गर्दे जाने क्रममा रुपाचुरी तर्फ बाट मनहरीबजार तर्फ पैदल हिडिरहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, रुपाचुरी बस्ने वर्ष अन्दाजी ३२ को देबचन्द्र घलानलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको कपडाको रातो कलरको झोला भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध अफीम जस्तो देखिने पदार्थ ३ किलो ४७८ ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।