प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कोरोना पोजेटीभको मृत्यु

२०७८-१०-२६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१० स्थित रहेको पुरानो मेडिकल कलेज भरतपुरमा एक पुरुषको कोरोना पोजेटिभ भई  मृत्यु भएको छ ।

मृत्यु हुने जिल्ला नवलपुर गैडाकोट  नगरपालिका-१२ बस्ने ८८ वर्षीय नर बहादुर थापा रहेका छन् । निज निमोनिया सम्बन्धी बिरामी भई पुरानो मेडिकल कलेज भरतपुरमा PCR परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । बिरामी निज नर बहादुर थापा सोही अस्पतालको COVID ICU मा भर्ना भई उपचार गराईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको हो । शव व्यवस्थापनको लागि हस्पिटल प्रशासनसँग समन्वय गरी सव व्यवस्थापन कार्य भइरहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।