प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा

२०८२-०७-१६

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-४, बट्टार स्थित जगत बहादुर श्रेष्ठको घरमा डेरा गरि बस्ने वडा-९, डिबजार घर भएको वर्ष अन्दाजी ३४ को सन्तोष सार्की र निजको भाई सोहि बस्ने वर्ष अन्दाजी ३२ को बसन्त सार्किले लागुऔषध सेवन गर्छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई निजहरु बसेको कोठामा खानतलासी गर्दा कोठाबाट TRAMADOS HYDRO CHLORIDE CAPSOLES नामक लागुऔषध ७७ ट्याप्लेट, सो को प्रयोग भई खाली अवस्था रहेको २२ पत्ता, SPASMO नामक लागु औषध १३५ ट्याप्लेट, सो को प्रयोग भई खाली अवस्था रहेको ३२ पत्ता फेला परेको थियो । निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
३ किलो ४७८ ग्राम लागुऔषध अफीम सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-०५

मकवानपुर, मनहरी गाउँपालिका-७, स्थित इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलिले रुपाचुरी देखि मनहरी बजार तर्फ आवतजावत गर्ने भित्रि सडकखण्डमा गस्ति गर्दे जाने क्रममा रुपाचुरी तर्फ बाट मनहरीबजार तर्फ पैदल हिडिरहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, रुपाचुरी बस्ने वर्ष अन्दाजी ३२ को देबचन्द्र घलानलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको कपडाको रातो कलरको झोला भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध अफीम जस्तो देखिने पदार्थ ३ किलो ४७८ ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।