प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८२-०७-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-४ बस्ने अन्दाजी वर्ष १८ को नवराज योन्जन घरदेखी कोहि कसैलाई जानकारी नगराई हराएकोमा निजलाई आफन्त तथा स्थानियहरुले खोजतलास गर्न क्रममा निज घरदेखि अन्दाजी १५०० मि. पूर्वमा रहेको भगत सामुदायिक जंगलमा राईनो मेटासिन ५०५ किटनाशक औषधी सेवन गरी मुत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य  भईरहेको छ ।

सम्बन्धित समाचार
३ किलो ४७८ ग्राम लागुऔषध अफीम सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-०५

मकवानपुर, मनहरी गाउँपालिका-७, स्थित इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलिले रुपाचुरी देखि मनहरी बजार तर्फ आवतजावत गर्ने भित्रि सडकखण्डमा गस्ति गर्दे जाने क्रममा रुपाचुरी तर्फ बाट मनहरीबजार तर्फ पैदल हिडिरहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, रुपाचुरी बस्ने वर्ष अन्दाजी ३२ को देबचन्द्र घलानलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको कपडाको रातो कलरको झोला भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध अफीम जस्तो देखिने पदार्थ ३ किलो ४७८ ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।