प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-१२-०४

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-२, रातामाटे स्थित राक्सीङबाट चालिसेतर्फ आउँदै गरेको बा. ९३ प. ३३४० नं. को पल्सर मोटरसाईकलमा लागुऔषध गाँजा ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा रातो जेब्रा झोला र खैरो लेदरको झोला भित्र अन्दाजी ६ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको । मोटरसाईकल चालक जिल्ला धादिङ गजुरी गाउँपालिका-३, वालसिङ्ग बस्ने वर्ष २३ को सुनिल तामाङ र सोहि बस्ने वर्ष ३५ को दिल बहादुर तामाङलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।