प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अबैध सामान सहित मानिस नियन्त्रणमा

२०८१-१०-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, जुगेडी चेक पोष्ट स्थितमा गोप्य सूचनाको आधारमा भारतबाट काठमाण्डौं तर्फ जाँदै गरेको HR63C6154 नम्बरको भारतीय ट्रकमा अबैध सामानहरु छ भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ चेकजाँच गर्दा उक्त ट्रकमा भन्सार नकाटी अबैध रुपमा ल्याइएको निम्न सामानहरु, ट्रक र ट्रक चालक देश भारत दिल्ली सनैयापुर बस्ने ३८ वर्षीय जय किशन र सह-चालक सोही ठेगाना २३ वर्षीय सनोज मिश्र सहितलाई बरामद गरि अन्य अनुसन्धान कार्य भईरहेको छ ।

 बरामद गरेको निम्न सामानहरुः-


१. बिभिन्न रङको कुर्ताः-१३३० थान

२. ZARA लेखिएएको सर्टः- ४२ थान

३. POLO लेखिएको सर्टः-६२ थान

४. PUMA लेखिएको टि-सर्टः-८८ थान

५. TOMMY HILFIGER लेखिएको टि-सर्टः-४० थान

६. NIKE लेखिएको टि-सर्टः-२२० थान

७. UNDER ARMOUR लेखिएको टि-सर्टः-५८ थान

८. ESSENTIAL लेखिएको टि-सर्टः-३० थान

९. RARE RABBIT लेखिएको टि-सर्टः-९५ थान

१०. H&M लेखिएको टि-सर्टः-१० थान

११. POLO लेखिएको टि-सर्टः-२० थान

१२. ORIGINALC लेखिएको टि-सर्टः-४८ थान

१३. AIRPOD: -९२ थान

१४. 45W POWER ADAPTER: -५० थान

१५. SAMSUNG लेखिएको 25W-ADAPTER: -६० थान

१६. रातो रङको PE-LD लेखिएको DATA CABLE: -३३ थान

१७. MAG CAFÉ CHARGE लेखिएको चार्जरः-१० थान 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।