प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-१०-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरलिका-१७, दाबिले स्थितमा अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी टोलिले गस्ति गर्दै जाने क्रममा कालो कपडाको झोला पछाडी बोकी हिडिरहेको जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरलिका-१८,  मानेडाँडा बस्ने अन्दाजी २७ वर्षीय सुमन गोङ्वालाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको झोलामा प्लाष्टिक भित्र राखिएको २ किलोग्राम लागुऔषध गाँजा फेला पारी उक्त लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।