प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

एक विद्यालय, एक ट्राफिक शिक्षक कथनको साथ ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८१-१०-११

  • A
  • A-
  • A+
Share

जिल्ला चितवन भरतपुर म.न.पा. १० स्थित नारायणी नमूना माध्यमिक विद्यालयको सभाहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आयोजना गरेको समुदाय प्रहरी साझेदारी सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिबृद्धिका लागि सवारी नियम बारे ज्ञान प्रदान गर्ने उद्धेश्यले एक विद्यालय, एक ट्राफिक शिक्षक (TRAFFIC TEACHER) कथनको साथ ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यू,नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशकज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखज्यू, नेपाल शिक्षक महासंघका अध्यक्षज्यू, यातायात व्यवस्था कार्यालय चितवनका प्रमुखज्यू, विभिन्न स्कुलका शिक्षक/शिक्षिकाज्यूहरु, संञ्चारकर्मीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु गरी करिब १५८ जनाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।