प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-१०-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९, मगरटोल स्थित यस कार्यालयबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको मोबाईल गस्ती टोलिले शंकालागी पैदल हिडिरहेको बाह्रघरे बस्ने वर्ष अन्दाजी ५४ को दुर्गा बहादुर मोक्तानलाई चेकजाँच गर्दा निजले बोकेको निलो झोला भित्र लागुऔषध गाँजा ६ किलो फेला परेको । लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।