प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सामानले किचि घाईते भई उपचारको क्रममा एकको मृत्यु

२०८१-१०-०२

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-३, ड्राईपोर्ट स्थित कन्टेनर लोड संघमा आबद्व रहि लोड अनलोड काम गर्ने जिल्ला सिन्धुपाल्चोक, दुगुनागढी बस्ने ४४ वर्षीय रामकाजी बि.क. टेलरबाट (खुद्रा सामान) सामान झार्ने क्रममा सोही सामानले किचि घाईते भई उपचारको लागि धुलिखेल अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।