प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

२१२ किलोग्राम लागुऔषध गाँजा बरामद

२०८१-१०-०३

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-५, चैनपुर स्थित प्रहरी चौकी चैनपुरबाट खटीएको प्रहरी गस्ती टोलीलाई देख्ना साथ कैलाश तर्फबाट मनहरी तर्फ जाँदै गरेको बा १० च ७७५८ नम्बरको बलेरो पिकअप गाडी छाडी चालक फरार भएकोले उक्त गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडी ढालामा प्लाष्टिकले प्याक गरेको अबस्थामा २० पोका गाजाँ  तौल गर्दा २१२ किलो  रहेको र १ थान मोवाईल समेत फेला परेकोले उक्त लागुऔषध गाजाँ, मोबाईल र गाडी बरामद गरी फरार रहेको गाडी चालकको खोजी कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।