प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कोरोना पोसेटिभ विरामिको मृत्यु

२०७८-०९-२४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१० स्थित रहेको भरतपुर अस्पताल भरतपुरमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-२ बस्ने बर्ष ७४ को राम बहादुर लामा निमोनिया सम्बन्धी बिरामी भई हेटौंडा अस्पतालमा आई कोरोना परिक्षणको लागि स्वाब दिएकोमा सोहि दिन रिपोर्ट पोजेटीभ आई सोहि दिन देखी भरतपुर अस्पताल भरतपुरको Covid ICU मा भर्ना भई उपचार भईरहेकोमा मिति २०७८।०९।२४ गते ०६:१२ बजेको समयमा मृत्यु भएको मृतक शवको व्यवस्थापनको लागि  आफन्तले बुझि लगेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।