प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु

२०८१-०९-२०

  • A
  • A-
  • A+
Share

काभ्रे, बेथानचोक गाउँपालिका-६, सिमसिमखोला बस्ने मनराज घिसिङको श्रीमती वर्ष ३६ की सञ्चमाया घिसिङ घर देखि ५०० मिटर पुर्व आफ्नै बारिमा काफलको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०७-१६

नुवाकोट, बिदुर नगरपालिका-४, बट्टार स्थित जगत बहादुर श्रेष्ठको घरमा डेरा गरि बस्ने वडा-९, डिबजार घर भएको वर्ष अन्दाजी ३४ को सन्तोष सार्की र निजको भाई सोहि बस्ने वर्ष अन्दाजी ३२ को बसन्त सार्किले लागुऔषध सेवन गर्छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई निजहरु बसेको कोठामा खानतलासी गर्दा कोठाबाट TRAMADOS HYDRO CHLORIDE CAPSOLES नामक लागुऔषध ७७ ट्याप्लेट, सो को प्रयोग भई खाली अवस्था रहेको २२ पत्ता, SPASMO नामक लागु औषध १३५ ट्याप्लेट, सो को प्रयोग भई खाली अवस्था रहेको ३२ पत्ता फेला परेको थियो । निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एकको मृत्यु
२०८२-०७-१३

सिन्धुली, तिनपाटन गाउँपालिका-१०, लङगुरखोला बस्ने अन्दाजी २० वर्षीया धन बहादुर लामिछाने मगर साथीहरुसंग लङगुरखोलामा माछा मार्न भनी गएकोमा सो खोला नजिकै रहेको हाल जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका-५ बस्ने तिलमाया थापा मगरको मानिस नबस्ने घरबाट बिजुलिको लाईन जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक धन बहादुर लामिछाने मगरलाई करेन्ट लागी घाईते भई उपचारको लागी साथीहरू मिली लङगुरखोला आधारभुत स्वास्थ्य केन्द्र तर्फ लाने क्रममा बाटोमानै मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।