प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा मृत फेला

२०८१-०९-१६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-४, पिप्ले बस्ने वर्ष ४५ को राजन न्यौपाने आफ्नै घरबाट अन्दाजी ५ किलोमिटर पश्चिम उत्तर बुढीचौर स्थित भित्रि कच्ची बाटोबाट अन्दाजी १०० मिटर तल गोरेटो बाटोमा घोप्टो परेर ब्लयांकेट ओढेर सुतेको अवस्थामा मृत फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०४-२२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले चितवनबाट बिरगंञ्ज तर्फ आउँदै गरेको ना ६ ख ९५३३ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको A साईडको ९ र १० नं. सिटमा सवार भई आएका जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, बस्ने वर्ष अन्दाजी १८ को संघर्ष तामाङको साथमा रहेको झोलाबाट लागुऔषध गाँजा अन्दाजी ४ किलोग्राम र सोहि स्थान बस्ने वर्ष अन्दाजी १५ को योशेप प्रजाको साथमा रहेको झोलाबाट अन्दाजी ५ किलोग्रम लागुऔषध गाँजा फेला परेको ।  लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।