प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रूखको हाँगा खसी एक मानिसको मृत्यु

२०८१-०९-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-३, सिमलडाँडा जंगलमा पानीको कुलो खन्नका लागि सोहि राक्सिराङ गाउँपालिका-५, ठाडे गाँउ बस्ने मानिसहरु गई कुलो खन्ने क्रममा एक्कासी सिमलको रुखको हाँगा भाँचिएर खस्न जाँदा कुलो खन्दै गरेको वर्ष अन्दाजी ५०।५२ को माहादेब प्रजालाई लागि मृत्यु भएको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८१-०९-०४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व पश्चिम सडक खण्डमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको चेकिङ टोलीले चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको लु २ ख १७४१ नम्बरको बसमा सवार भई आएका जिल्ला धादिङ बेनीघाट रोराङ गाउँपालिका-२, ताल्ली बस्ने वर्ष अन्दाजी ३५ को सोमीलाल चेपाङले आफु बसेको सिट भन्दा माथी र्‍याकमा राखेको भिर्नी झोलामा अन्दाजी १० किलो र सोहि बस्ने वर्ष अन्दाजी २० को किशोर चेपाङले काखमा राखेको भिर्नी झोकामा अन्दाजी १० किलो गरी जम्मा अन्दाजी २० किलो लागुऔषध गाँजा फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई आवश्‍यक कारवाहीको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।