प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रुबी ढुङगा नियन्त्रणमा

२०७८-०९-२१

  • A
  • A-
  • A+
Share

धादिङ, रुबिभ्यालि गाउँपालिका-५ साईन स्थित प्रहरीले बहुमुल्य रुबी ढुङ्गा नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी लापाबाट प्र.ह.को कमाण्डमा खटिएको गस्ति टोलिले रुबिभ्यालि गाउँपालिका-५ साईन स्थित अबैध रुपमा १० वटा सानो डोकोमा ल्याउँदै गरेको अन्दाजी १२५ के.जि. बराबरको रुबी ढुङ्गा प्रहरीले नियन्त्रणमा लिएको हो । रुबी ढुङगा ल्याउने मानिसहरु भागि फरार रहेका छन् । प्रहरीले निजहरुको खोजतलाश कार्य जारी राखेको छ । यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।