प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध फेला

२०७८-०९-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरे स्थित पुर्व-पश्चिम सडक खण्डमा प्रहरीको गस्ति टोलिले भिर्ने झोलामा लागुऔषध फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा पुर्व-पश्चिम सडक खण्ड मनहरी गाउँपालिका-९ ज्यामिरे स्थित गस्ति टोलीलाई देखी सडक छेउमा उभिरहेको एक जना पुरुष ब्यक्तिले आफुले बोकी राखेको भिर्ने झोला फाली भागि फरार भएको उक्त झोलामा चेकजाँच गर्दा लागुऔषध डाईजेपाम-३० पम्पुल, नुरफिन-४२ एम्पुल, फेनारगन-३२ एम्पुल र लुफिजिसिस-३ पम्पुल सहित जम्मा १०७ एम्पुल लागुऔषध फेला परेको छ ।

यस घट्नाको सम्बन्धमा प्रहरीले फरार व्यक्तिको खोजतलाश कार्य जारी राखेको तथा घट्ना बारे थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।