प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्धटनाबाट मानिसहरुको मृत्यु

२०८१-०७-२३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९, सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिङबाट  नारायणगढ तर्फ आउदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नम्बरको ई.भि. हाईस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस एक आपसमा ठक्कर खाँदा हाईस चालक जिल्ला चितवन, खैरहनी नगरपालिका-४ बस्ने ४० वर्षीय अनोज अधिकारी र हायसमा सवार जिल्ला गोर्खा, आरुघाट गाउँपालिका-१, मान्बु बस्ने ४२ वर्षीय राज बहादुर गुरुङ घाईते भई उपचारको क्रममा सरकारी अस्पताल भरतपुरमा मृत्यु भएको छ । साथै हाईसमा सवार हाल नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला, सोही हाईसमा सवार नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षीय पुरुष, सोही हाईसमा सवार नामथर वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको नयाँ मेडिकल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ बस्ने ४४ वर्षीय सुर्य बिक्रम बिष्ट नयाँ मेडिकल कलेजमा उपचार भईरहेको र अन्य घाईतेहरू सरकारी अस्पताल भरतपुर र नयाँ मेडिकल भरतपुरमा उपचार भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-२४

नुवाकोट, शिबपुरी गाउँपालिका-७ गुरुङ गाँउ स्थित रहेको श्रीराम गुरुङको (ईटा सिमेन्टले बनेको जस्ताको छानो भएको दुई तले पक्की घर) सुकुटी खाजाघरमा काम गर्ने कामदार जिल्ला काठमाण्डौ तार्केश्वर नगरपालिका-४ गोलढुङ्गा बस्ने नरेन्द्र गुरुङको छोरा वर्ष अन्दाजी-२५ को फरिन्द्र गुरुङ झुण्डिएर मृत्यु भएको घट्नास्थलमा सँगै बस्ने जिल्ला स्याङजा चापाकोट नगरपालिका-८ बस्ने वर्ष अन्दाजी-२४ को सुमित अर्यालको कोठामा खानतलासी गर्ने क्रममा लागुऔषध जस्तो देखिने TROHMA ६० क्याप्सुल, ANTIKOF ७४ ट्याब्लेट र SPASFON २० ट्याब्लेट फेला पारी निज सुमित अर्याललाई लागुऔषध सहति घटनाको थप अनुसन्धान भईरहेको ।