प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८१-०७-२१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१८, साशिचोक स्थित बस्ने अन्दाजी ९८ वर्षीय बुद्धिमान तामाङ्ग आफ्नै घरको सुत्ने कोठामा टिनको छानोमा रहेको फलामको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-११

जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ सुकुम्बासी टोल स्थित एका बहादुर आलेको घरमा लागूऔषध खैरो हिरोईन बिक्रि वितरण भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट समेत प्रहरी टोली खटि गई उक्त घर खानतलासी गर्दा जिल्ला मकवानपुर राक्सीराङ घर भई हाल सोही घरमा बस्दै आएको वर्ष अन्दाजी २४ को शरण कार्की र भीमफेदी गाउपालिका-५ बस्ने वर्ष अन्दाजी २७ को मिलन स्याङबो शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी खोजतलास गर्दा निजहरु बसेको कोठामा लुकाई छिपाई गरी राखेको अवस्थामा लागूऔषध १ ग्राम १९० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

लागूऔषध सहित २ जनालाई पक्राउ
२०८३-०६-११

मिति २०८३।०६।११ गते अन्दाजी १४:३० बजेको समयमा लागूऔषध खैरो हिरोइन बिक्रि वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवनापुर र वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरको प्रहरी टोली खटि गइ खोजतलास गर्ने  क्रममा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-०५ पिप्ले स्थित माछा पालनको सुरक्षा गार्ड बस्ने घरमा ना १९ प ९८५७ नम्बरको मो.सा. रोकि राखेको अवस्थामा मो.सा. चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-०५ बस्ने वर्ष अन्दाजी २९ को रोहन सिंहलाई  शंका लागी चेकजाँच गर्दा लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ  निजको दाहिने हातको मुठ्ठी ७ पुरिया (तौल गर्दा नेट तौल ५२० मिलि ग्राम) फेला पारी निजलाई सोधपुछ गर्दा जिल्ला पर्सा बिन्दबासीनि गाउपालिका-०४ घर भई हाल हेटौडा उपमहानगरपालिका-०५ पिप्ले बस्ने वर्ष अन्दाजी २४ को सुरज साहले बेचेको भनि जानकारी गराएकोले निज सुरज साहलाइ समेत निजकै डेरा कोठा नजिकैबाट नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भई रहेको छ ।