प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-१४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१३ रानिबास पाउछे डांडा स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि बस्ने ७७ वर्षीय मित्रलाल कामी रहेका छन् । निज घरमा कसैलाई नसोधि घरबाट निस्कि हिंडि वेपत्ता भई निजको खोजतलाश गर्दै जाने क्रममा घरदेखि अन्दाजी १०० मिटर पश्‍चिममा रहेको आँपको रुखमा आफ्नै कम्मरमा बाँधेको पटुकाले घाँटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
२०८३-०६-०७

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५० जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ४२ जना व्यक्तिहरूलाई राखिएको छ । 

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
२०८३-०६-०६

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४७ जना व्यक्तिहरूलाई राखिएको छ ।   

बिष्फोटक पर्दाथको सामान सहित १ जना मानिस नियनत्रणमा
२०८३-०६-०६

जिल्ला धादिङ खनियाबास गाँउपालिका-४ किन्ताङफेदि स्थितमा किन्ताङफेदिबाट धादिङबेशि तर्फ जाँदै गरेको BAA 0734 नं. को जिपमा सवार जिल्ला सुर्खेत हरिहर गाँउपालिका-१ चितिचौर घर भई हाल जिल्ला धादिङ रुविभ्यालि गाँउपालिका-४ स्थित गोरक्ष हाईट्रोपावरमा काम गर्ने कामदार बर्ष अन्दाजी ३५ को चन्द्र बहादुर भारतीले घर फर्किने क्रममा हाईट्रोपावरमा भएको १०० मिटर बलाष्टिङ गर्ने कालो रातो मसिनो तार, डटोनेटर ४ थान (पट्काउने काम गर्ने) र ३ वटा इमुलेसन बरामद गरी सामान सहित निजलाई नियनत्रणमा लिएको, जिल्ला प्रहरि कार्यालय धादिङमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।

लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा
२०८३-०६-०६

जिल्ला मकवानपुर  हटौडा उप-महानगरपालिका-१० बसपार्क पिप्लबोट स्थित ऐ.ऐ. ८ कमाने बस्ने रिता मोक्तानको छोरा वर्ष अन्दाजी १८ को आकाश मोक्तान र ऐ.ऐ. १ चौकीटोल बस्ने कमल लोप्चनको छोरा वर्ष अन्दाजी १८ को बिपिन लोप्चन बिच एक आपसमा वादबिवाद तथा झै झगडा भई रहेको छ भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिपिन लोप्चनको मोबाईलको कभरमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरी शुद्व तौल गर्दा ५० मिलिग्राम सहित दुबै जना लाई जिल्ला प्रहरी कार्यालय मकवनपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।