प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस झुण्डी मृत्यु

२०८१-०७-१९

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-११, सिरु डाँडा बस्ने अन्दाजी ८० वर्षीय पदम बहादुर श्रेष्ठ आफ्नो घरबाट अन्दाजी ६०० मिटर पश्चिम तर्फ रहेको धाप्ब्रे बनमा धगेरीको रूखको हाँगामा आफैले प्रयोग गरेको कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
ब्राउन सुगर सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०६-१४

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थितमा प्रहरी टोलीले सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा ईटहरीबाट काठमाण्डौं तर्फ जाँदै गरेको चालक जिल्ला सप्तरी सुनसरी बराहक्षेत्र नगरपालिका-१० बस्ने बर्ष ४३ को राजु बिष्टले चलाई ल्याएको बा.प्र.०१-००७ ख १४५३ नम्बरको हायसलाई रोकी चेकजांच गर्दा उक्त हायसमा सवार जिल्ला सप्तरी साविक लालपट्टी-२ हाल जिल्ला सप्तरी छिन्नमस्त गाउँपालिका-४ बस्ने बर्ष ३२ को कृष्ण कुमार यादब र सोही स्थान बस्ने बर्ष २१ को देबेन्द्र यादबको साथबाट कालो प्लास्टिकमा पोकापारी लुकाई-छिपाई ल्याउँदै गरेको अवस्थामा लागु-औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ  ५ ग्राम ०३ मिलिग्राम फेला पारी निजहरुलाई नियन्त्रनमा लिई थप अनुसन्धान भईरहेको ।