लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-११
- A
- A-
- A+
चितवन भरतपुर महानगरपालिका-२१ रामचोक नजिक पल्टिङमा
प्रतिबन्धित औषधी बिक्री वितरण भई रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी
कार्यालय, गीतानगर चितनवबाट टोली खटी गई जिल्ला चितवन भरतपुर महानगरपालिका-२४
नयाँबस्ती बस्ने वर्ष ३५ को सुकमान घलान र निजको भाई वर्ष ३१ को आरुष घलानलाई नियन्त्रणमा
लिई निजहरुको घरमा गई खानतलासी गर्दा ट्रामाडोल:-१०,२३९ क्याप्सुल र स्टेवान २५:-७०९
ट्यावलेट प्रतिबन्धित औषधी फेला परेको छ । उक्त घटना सम्बन्धि थप अनुसन्धान कार्य भई रहेको छ ।