प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित प्रहरी चौकी हर्षाही जगाडीको प्रशासनिक भवनको समुद्‍घाटन सम्पन्न

२०८१-०६-११

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी हर्षाही जगाडी, सिन्धुलीको भौतिक संरचनाको समुद्घाटन सम्पन्न भएको छ । आज मिति २०८१।०६।११ गते आयोजित समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकार श्री आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बागमती प्रदेशका माननीय सांसदज्यूहरु, पूर्व संविधान सभा सदस्यज्यूहरूको सहभागिता रहेको थियो ।
साथै उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुखज्यू, कमलामाई नगरपालिकाका नगर प्रमुखज्यू, जिल्ला समन्वय समिति सिन्धुलीका उप-प्रमुखज्यू, दुधौली नगरपालिकाका नगर उप-प्रमुखज्यू, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुर्ण बहादुर दर्जीज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. कृष्ण हरि शर्माज्यु, जिल्ला सुरक्षा समिति सिन्धुलीका पदाधिकारीज्यूहरु, सिन्धुली जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, पूर्व प्रहरी कर्मचारीहरु, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिज्यूहरु, प्रहरी कर्मचारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिरगन्जबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश०३-००१ज.०४३१ नं. EV यात्रु बाहक गाडीमा सवार जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका-१२ बस्ने वर्ष अन्दाजी २५ को मनोज साहलाई शंका लागि चेकजाँच गर्दा दुवै खुट्टामा सेतो टेपले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध DIAJEPAM २५ पिस, PHEMERGAN २५ पिस र NOOPHINE २५ पिस गरि जम्मा ७५ पिस लागुऔषध फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

चाँदी जस्तो देखिने (सेतो धातु) पदार्थ नियन्त्रणमा
२०८१-०७-१२

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा बिरगन्जबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ६ ख ७२६२ नम्बरको यात्रु बाहक बसलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलिले उक्त बसलाई रोकी  चेकजाँच गर्ने क्रममा उक्त बसको  B तर्फको १६ नम्बर सिटमा सवार भई आएका देश भारत बिहार राज्य मधुबनी जि. जेटियाहि पन्चायत पर्जुअर टोल बस्ने वर्ष अन्दाजी ४८ को मनोज कुमार झाको शरिर चेकजाच गर्दा निजको छातिको भागमा कपडाको फल्स बटन बनाई लुकाई छिपाई गरी ल्याएको चाँदी जस्तो देखिने सेतो धातु गणेश भगवान ११ थान, लक्ष्मी माता ११ थान, दुर्गा माता ३ थान,  हनुमान जि ३ थान, राधाकृष्ण २ थान र सिता माता २ थान गरी जम्मा ३२ थान मुर्ति आकारको तौल गर्दा २ किलो १९६ ग्राम ८७० मिलि ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।