प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डी मृत्यु

२०८१-०६-०४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-६, देवनगर जलुकेनी बस्ने ७३ वर्षीय माधव अधिकारी आफ्नै टिनको छानो भएको कच्चि घरमा फलामको डण्डीमा कपडाको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१०० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०७-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको चेकिङ टोलीले मनहरी तर्फबाट हेटौंडा तर्फ जान आउँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नम्बरको योद्धा पिकअप भ्यानलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा खाली क्रेटहरुको बिचमा लुकाई छिपाई ल्याएको ६ वटा सेतो बोरा भित्र  पोका पारी ल्याएको प्लाष्टिकले बेरिएको ११ प्याकेट अन्दाजी १०० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको छ । उक्त पिकअप भ्यान र चालक जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१२, शंखु ओखरकोट बस्ने अन्दाजी  २९ वर्षीय किरण वाग्लेलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्धटनाबाट मानिसहरुको मृत्यु
२०८१-०७-२३

चितवन, भरतपुर महानगरपालिका-२९, सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिङबाट  नारायणगढ तर्फ आउदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नम्बरको ई.भि. हाईस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस एक आपसमा ठक्कर खाँदा हाईस चालक जिल्ला चितवन, खैरहनी नगरपालिका-४ बस्ने ४० वर्षीय अनोज अधिकारी र हायसमा सवार जिल्ला गोर्खा, आरुघाट गाउँपालिका-१, मान्बु बस्ने ४२ वर्षीय राज बहादुर गुरुङ घाईते भई उपचारको क्रममा सरकारी अस्पताल भरतपुरमा मृत्यु भएको छ । साथै हाईसमा सवार हाल नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला, सोही हाईसमा सवार नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षीय पुरुष, सोही हाईसमा सवार नामथर वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको नयाँ मेडिकल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ बस्ने ४४ वर्षीय सुर्य बिक्रम बिष्ट नयाँ मेडिकल कलेजमा उपचार भईरहेको र अन्य घाईतेहरू सरकारी अस्पताल भरतपुर र नयाँ मेडिकल भरतपुरमा उपचार भईरहेको छ ।