सवारी दुर्घटनामा परि एकको मृत्यु
२०८१-०५-२२
- A
- A-
- A+
चितवन, भरतपुर २९ चुनेखोला
स्थित नारायणघाट मुग्लिङ सडक खण्डमा जनकपुरबाट भैंसी लोड गरी काठमाण्डौं तर्फ जाँदै
गरेको ना८ख ५९६१ नं.को ट्रकमा मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा.प्र.०३-००२ प ६१७८ नं. को स्कुटर कन्ट्रोल
नभई वाँया साईडमा गई ठोक्किदा स्कुटर चालक जिल्ला तनहुं घाँसीकुवा गाउँपालिका-६
बस्ने वर्ष ३७ को कृष्ण बहादुर थापा गम्भिर घाईते भई निजलाई नयाँ मेडिकल कलेज भरतपुर
लगिएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य
भईरहेको छ ।