प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा ज्यूद्वारा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागीय निर्देशन सम्बोधन दिनुहुँदै
२०८१-०५-२३
- A
- A-
- A+
तालुक नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१।०५।१७ गतेको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा
तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाण्डौबाट
सरूवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यूले प्रदेश प्रहरी प्रमुखको
रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ । बागमती प्रदेश प्रहरी प्रमुखज्यूले
कार्यालय परिसरभित्र वृक्षारोपण गर्नु भई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको
समग्र वस्तुस्थितिबारे जानकारी लिनुको साथै कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृतज्यू,
जुनियर तथा मातहत प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन समेत
दिनु भएको थियो ।