प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि एकको मृत्यु

२०८१-०५-०१

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, धाप स्थित भित्री सडक खण्डमा मयुरधापबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाईकल सोहि बस्ने रामचन्द्र अर्यालको छोरा वर्ष अन्दाजी ५ को सिभांस अर्याललाई बाटो छेउमा हिडिरहेको अबस्था ठक्कर दिई घाईते भई उपचारको लागी हेटौंडा अस्पताल ल्याएकोमा डाक्टरले मृत्यु घोषणा गरेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१८

मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने वर्ष अन्दाजी ३१ की सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हिरोइन लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडा मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोहि स्थानमा गई रितपूर्वक खानतलासी गर्दा निज सुत्ने गरेको कोठा भित्र कपडा राख्ने स्टिलको दराजमा लुकाई छिपाई राखेको अवस्थामा ३ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्त फेला परेको हो । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

७१ औ प्रहरी दिवस २०८३ को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम
२०८३-०६-१७

जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२ कुर्लेदमार खेल मैदानमा “७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा तथा बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडा मकवानपुरको आयोजना र मकवानपुरगढी गाउँपालिकाको समन्वयमा स्थानिय सर्वसाधरण, बाहालवाला तथा पुर्व प्रहरी कर्मचारीको लागि नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम गरिएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी ज्युको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता/सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद धमला, बागमती प्रदेश प्रहरी अस्पताल हेटौडाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.बिकल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, मकवानपुरगढी गाँउपालिकाका जनप्रतिनिधी लगायत स्थानियबासी, पत्रकार, पुर्व प्रहरी कर्मचारी र बाहालवाला कर्मचारी सहित अन्दाजी ५०/६० जनाको उपस्थितीमा नि:शुल्क स्वास्थ्य शिविरको औपचारीक उद्घाटन कार्यक्रम सुरु भएको थियो ।