प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुरघट्नामा परी मृत्यु

२०७८-०९-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-६ रिठ्ठ भिर नजिक सवारी दुरघट्नामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुने जिल्ला सर्लाहि लालबन्दी नगरपालिका-१५ बस्ने २० वर्षीय कुनथाङ मोक्तान रहेका छन् । दुरघट्ना सुनकोशी गाउँपालिका-६ रिठ्ठ भिर नजिक वि.पि. राजमार्गमा भएको हो । कुखुरा लोड भएको प्रदेश २-०३-००१ च ४००८ नम्बरको बलेरो गाडी महोत्तरीबाट काठमाण्डौ तर्फ जाँदै गर्दा सोहि भिर नजिक सडकबाट अन्दाजी २०० फिट तल खस्न गई दुरघट्ना भएको थियो । उक्त बलेरोमा सवार चालक जिल्ला सर्लाहि लालबन्दी नगर पालिका-१५ परमानीपुर बस्ने ३० वर्षीय आईतसिह बम्जन, सोहि बस्ने मनिस परियार र कुनथाङ मोक्तान रहेका थिए । दुरघट्नामा चालक आईतसिह बम्जन र उक्त गाडीमा सवार मनिस परियार दुबै जना घाइते भएका थिए भने सोहि बलेरोमा सवार कुनथाङ मोक्तानको घट्नास्थल मै मृत्यु भएको थियो ।

यस दुरघट्नाको सम्बन्धमा प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।