प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०४-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९, जैसिङ स्थित इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-३, लावती बस्ने सुदिप प्रजाको छोरा वर्ष अन्दाजी १९ को साजन प्रजाले प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध गाँजा तिन पोका अन्दजी ७० किलो फेला परेको थियो । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्‍यक  कारवाहीको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर तर्फ पठाईएको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।