प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०४-०६

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-८, बाधमारा जंगलमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिन्धुलीबाट खटिगएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसले बोकेको पछाडि भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध (EXIPLON – १५ बोतल (प्रति पिस १००ml), WINCEREX COUGH SYRUP – १४ बोतल (प्रति पिस १००ml) ) सहित २ जना मानिस सहित निजहरुले प्रयोग गरेको बा ९३ प ८८०८ नम्बरको पल्सर मोटरसाईकल र लागुऔषध खरिद गर्नको लागि आएका निम्न स्थान बस्ने निम्न व्यक्तिहरु र  प्रदेश २-०३-०२२ प ४४५० नम्बरको मोटरसाईकल समेत जिल्ला सिन्धुली कमलामाई नगरपालिका-८, हर्दिया स्थित नेहा पेट्रोल पम्पबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

ला.औ.सहित नियन्त्रणमा लिएको निम्न मानिसहरु  :-

 १)  जि. महोत्तरी औरी न.पा. ७ बस्ने बर्ष २१ को जय साह ।

 २) जि. सिन्धुली क.न.पा. ७ माझिटार बस्ने बर्ष २० को दिलसन भन्ने लोकविक्रम आले मगर ।

ला.औ.खरिद गर्न आएका निम्न मानिसहरू :-

१)     जि. सिन्धुली क.न.पा. ५ चिसापानी बस्ने वर्ष २३ को मिलन पाख्रिन

२)     ऐ.ऐ. ६ धुरा बजार बस्ने वर्ष २७ को सौगात लामा । 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८३-०७-२०

मिति २०८३।०७।२० गते अन्दाजी ०५:३० बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-०६ लोथर खोला स्थित भित्री कच्ची सडक खण्डमा कालो झोला बोकी पैदल आईरहेका जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-७  रिन्चिराङ बस्ने वर्ष २५ को रेवन प्रजा र वर्ष २० को जेन्सन प्रजालाई चेकजाँच गर्दा कालो झोला भित्र लुकाई छिपाई राखेको प्लाष्टिकले बेरिएको अवस्थामा २२.०५४ के.जी. लागूऔषध गाँजा बरामद गरिएको हो । बरामद लागूऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित २ जना मानिसहरु नियन्त्रणमा
२०८३-०७-१९

जिल्ला काभ्रेपलाञ्चोक, प्रहरी चौकी पाँचखालबाट खटिएको गस्ति प्रहरी टोलीले जिल्ला काभ्रे पाँचखाल नगरपालिका-४ स्थित तामाघाटमा बसिरहेको अवस्थामा जिल्ला काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने बर्ष ३२ को सरोज रम्तेल र ऐ.०७ बस्ने बर्ष २४ को सुदिप मिजार दुवै जना माथी संका लागी सोधपुछ तथा चेकजाँच गर्दा निजहरुको साथबाट ट्रामाडोल ५ पत्ता (४७ ट्यावलेट), स्पास २ पत्ता (१७ ट्यावलेट), डिवोमिन २ पत्ता (१७ ट्यावलेट) र खुल्ला रातो १ ट्यावलेट लागुऔषध   फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाएको, आवश्यक अनुसन्धान कार्य भई रहेको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१९

जिल्ला मकवानपुर हेटौडा उप-महानगर पालिका-१९ बस्तिपुर स्थित शुसान तामाङ भन्ने ल्वाङ डिमडुङको घरमा लागुऔषध ब्राउन सुगर सेवन गरी रहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली खटिगई बुझ्दा निज बर्ष अन्दाजी २४ को शुसान तामाङ भन्ने ल्वाङ डिमडुङलाई निजको घरमा लागुऔषध सेवन गरी बसि रहेको अवस्थामा फेला पारि निजको शरिर खान तलासि गर्दा निजको साथबाट प्लाष्टिकले बेरेको पोका-११ र  सेतो प्लाष्टिकमा प्याकेट १ (एक) लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ तौल हुन बाकी अन्दाजी ५० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।  

बाघको आक्रमणले १ जनाको मूत्यु
२०८३-०७-१७

जिल्ला चितवन भरतपुर महानगरपालिका-२७ राधा कृष्ण सामुदायिक वनको बेथरी खोलाको छेउमा निउरो टिप्न गएको ४ जना मानिसहरु मध्ये  ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ४६ को भिम महतोलाई जंगली जनावर बाघले आक्रमण गरि लगेको भनी निज भिम महतोसँग गएको साथीहरूले ऐ. १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय दिब्यनगर चितवनमा जानकारी गराउना साथ उक्त स्थानमा प्रहरीको टोलि खटी गई चितवन राष्ट्रिय निकुञ्जको नेपाल आर्मी, कर्मचारी र स्थानियहरुको टोलिले खोजतलास गर्दै जाने क्रममा निज भिम महतो हराएको स्थान देखि अन्दाजी १ कि.मि. पुर्व चितवन राष्ट्रिय निकुञ्जमा टाउँकोको मासुको भाग, दाहिने खुट्टा र बायाँ हात खाएको अवस्थामा शव फेला परेको, बाघलाई डार्क गरी नियन्त्रणमा लिई, घटनास्थल प्रारम्भिक मुचुल्का कार्यकोलागि प्रहरीको टोलि खटि गई मुचुल्का कार्य भई रहेको ।

खैरो हिरोईन सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ मेन रोड रानी दरबार नजिकै लागुऔषध खैरो हिरोईन बिक्रि बितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटि गई हेटौंडा उप-महानगरपालिका-६ चौघडा घर भई हाल  हेटौंडा उप-महानगरपालिका -४ मेन रोड नजिकै ससुरा नाता पर्ने राजेन्द्र कुमार मानन्धरको घरमा बस्दै आएको वर्ष अन्दाजी-३४ को निर्णय राई बस्ने कोठा तथा निजको शरिर रितपूर्वक खानतलासी गर्दा निज निर्णय राईको खल्तीबाट १ वटा पुरिया लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी शुद्ध तौल गर्दा ५० मिलिग्राम रहेको र निज सुत्ने कोठाको पलङको सिरानीको भागमा डिजिटल तराजु फेला पारी बरामद गरी बरामद सामान सहित निजलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।