प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवन बाट मृत्यु

२०७८-०९-०७

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-१ लोथर मा एक महिलाको विषादी सेवन बाट मृत्यु भएको छ ।

मृत्यु हुने सोहि नगरपालिका-१ लोथर बस्ने मोतिलाल श्रेष्ठको श्रीमती ३२ वर्षीय ईन्दीरा श्रेष्ठ रहेकी छिन् । निजले मुसा मार्ने विषादी सेवन गरेकी थिईन । विषादी सेवन बाट असक्त भएका निजको नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भईरहेकोमा उपचारको क्रममा निज मृत्यु भएको थियो ।

घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।