प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवन बाट मृत्यु

२०७८-०९-०७

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-१ लोथर मा एक महिलाको विषादी सेवन बाट मृत्यु भएको छ ।

मृत्यु हुने सोहि नगरपालिका-१ लोथर बस्ने मोतिलाल श्रेष्ठको श्रीमती ३२ वर्षीय ईन्दीरा श्रेष्ठ रहेकी छिन् । निजले मुसा मार्ने विषादी सेवन गरेकी थिईन । विषादी सेवन बाट असक्त भएका निजको नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भईरहेकोमा उपचारको क्रममा निज मृत्यु भएको थियो ।

घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।