प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०३-२९

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१२, सालघारी चोक स्थितमा ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको टोलिले शंका लागी चेकजाँच गर्ने क्रममा जिल्ला चितवन, राप्ती नगरपालिका-५, बस्ने वर्ष ३१ को मनोज परियार र सोही ठेगाना बस्ने वर्ष १७ को दिलिप परियारको साथबाट ट्रामाडोल १२१० (क्याप्सुल) र प्रोमेट १२१० (क्याप्सुल) सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।