प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाजा सहित मानिस नियन्त्रणमा

२०७८-०९-०२

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाटरोराङ गाउँपालिका-२ ताल्ती स्थित बिशेष सूचना को आधारमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-९ बस्ने ३५ वर्षीय कृष्ण बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी ताल्तीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले मकवानपुरबाट भित्री बाटो हुदै मलेखु तर्फ पैदल आउँदै गरेको निज कृष्ण बहादुर तामाङलाई चेकजाँच गर्ने क्रममा निजले बोकेको जेब्रा झोला भित्र लुकाईछिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ५ के.जी. फेला पारी निजलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-११

जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ सुकुम्बासी टोल स्थित एका बहादुर आलेको घरमा लागूऔषध खैरो हिरोईन बिक्रि वितरण भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट समेत प्रहरी टोली खटि गई उक्त घर खानतलासी गर्दा जिल्ला मकवानपुर राक्सीराङ घर भई हाल सोही घरमा बस्दै आएको वर्ष अन्दाजी २४ को शरण कार्की र भीमफेदी गाउपालिका-५ बस्ने वर्ष अन्दाजी २७ को मिलन स्याङबो शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी खोजतलास गर्दा निजहरु बसेको कोठामा लुकाई छिपाई गरी राखेको अवस्थामा लागूऔषध १ ग्राम १९० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

लागूऔषध सहित २ जनालाई पक्राउ
२०८३-०६-११

मिति २०८३।०६।११ गते अन्दाजी १४:३० बजेको समयमा लागूऔषध खैरो हिरोइन बिक्रि वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवनापुर र वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरको प्रहरी टोली खटि गइ खोजतलास गर्ने  क्रममा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-०५ पिप्ले स्थित माछा पालनको सुरक्षा गार्ड बस्ने घरमा ना १९ प ९८५७ नम्बरको मो.सा. रोकि राखेको अवस्थामा मो.सा. चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-०५ बस्ने वर्ष अन्दाजी २९ को रोहन सिंहलाई  शंका लागी चेकजाँच गर्दा लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ  निजको दाहिने हातको मुठ्ठी ७ पुरिया (तौल गर्दा नेट तौल ५२० मिलि ग्राम) फेला पारी निजलाई सोधपुछ गर्दा जिल्ला पर्सा बिन्दबासीनि गाउपालिका-०४ घर भई हाल हेटौडा उपमहानगरपालिका-०५ पिप्ले बस्ने वर्ष अन्दाजी २४ को सुरज साहले बेचेको भनि जानकारी गराएकोले निज सुरज साहलाइ समेत निजकै डेरा कोठा नजिकैबाट नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भई रहेको छ ।