प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०३-०६

  • A
  • A-
  • A+
Share

दोलखा जिरी नगरपालिका-३ तल्लो माली बस्ने पेमदोर्जी शेर्पाको छोरा वर्ष अन्दाजी १६ को डेण्डी  शेर्पा आफ्नै हजुर आमाको घर भित्र झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर बकैया गाउँपालिका-११ पिपलडाँडा बेसी बस्ने मान सिंगोलेको श्रीमती अन्दाजी वर्ष ५५।५६ की सन्तमाया गोलेले आफ्नै घरको सुत्ने कोठाको बिममा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एकको मृत्यु
२०८२-०७-१३

सिन्धुली, तिनपाटन गाउँपालिका-१०, लङगुरखोला बस्ने अन्दाजी २० वर्षीया धन बहादुर लामिछाने मगर साथीहरुसंग लङगुरखोलामा माछा मार्न भनी गएकोमा सो खोला नजिकै रहेको हाल जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका-५ बस्ने तिलमाया थापा मगरको मानिस नबस्ने घरबाट बिजुलिको लाईन जडान गरी खोलामा माछा मार्ने क्रममा अचानक धन बहादुर लामिछाने मगरलाई करेन्ट लागी घाईते भई उपचारको लागी साथीहरू मिली लङगुरखोला आधारभुत स्वास्थ्य केन्द्र तर्फ लाने क्रममा बाटोमानै मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।