प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस मृत अवस्थामा फेला

२०८१-०२-३०

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-११, थरहरी बस्ने अन्दाजी ६०/६२ वर्षीय गोकर्ण खपाङ्गी मगर घरबाट अन्दाजी ३ किलोमिटर दक्षिणमा रहेको सर्प खोलाको किनारामा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको । 

सवारी दुर्घटना ।
२०८३-०३-२५

चितवन,  खैरहनी नगरपालिका-९ नमुना पेट्रोल पम्प स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ४९९२ नम्बरको बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मधेश प्रदेश ०१००५ प०६३३ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको, मोटरसाइकल चालक जिल्ला सप्तरी राजविराज नगरपालिका-३ बस्ने वर्ष ३० को अन्जन ठाकुर  र पछाडि सवार जिल्ला चितवन रत्ननगर नगरपालिका-११ बस्ने २१ की किर्ति गुरुङ हात खुट्टामा चोट दुबै जनाको अवस्था मध्यम दुवै जना घाईतेलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाएको बस चालक जिल्ला चितवन रत्ननगर नगरपालिका बस्ने वर्ष ५२ को लक्षण महतो नियन्त्रणमा  रहेको आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।