प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०८१-०२-२४

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-११, लभा बस्ने बौवा लाल सदाको श्रीमती अन्दाजी वर्ष ५० की दुर्गी सदाले आफ्नै घरको काठको बलोमा कालो सारिको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८३-०६-०४

जिल्ला  चितवन राप्ती नगरपालिका-१ परेवाकोट डाँडा स्थित जङ्गलमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले  जिल्ला चितवन राप्ती नगरपालिका-१२ बस्ने वर्ष अन्दाजी ५५/६० चन्द्र बहादुर चेपाङ, ऎ.ऎ. बस्ने वर्ष अन्दाजी २९ को हरिलाल चेपाङ र ऎ. २ बस्ने वर्ष अन्दाजी ५२ को वीर बहादुर ब्लोन लाई लागुऔषध गाँजा पैदलमा ओसार-पसार गरिरहेको अवस्थामा ६ वटा बोराभित्र रातो प्लास्टिकमा कालो प्लास्टिकको डोरीले  बेरिएको ६ वटा गाँजाको पोकाहरु प्याकिङ गरिएको प्लाष्टिक सहित ९२ के.जी. फेला पारी उक्त गाँजा सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयकामा ल्याई आवश्क अनुसन्धान कार्य भईरहेको ।

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय १० जनाको शव फेला
२०८३-०६-०२

 रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार १४:०० बजे सम्म १ हजार ४ सय १० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ८ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ४६ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९१ गरी कुल ३ हजार २ सय ७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ८ सय ६ जना व्यक्तिहरूलाई राखिएको छ ।