प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा मानिस झुण्डी मृत्यु

२०८१-०१-३१

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-९, पोखरे भन्डारे बस्ने अन्दाजी ४० वर्षीय बिकाश श्रेष्ठ आफ्नै घर नजिकै रहेको बाख्राको खोर भित्र धुरी बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
६९ औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
२०८१-०६-२९

६९ औं प्रहरी दिवस २०८१ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित अमर प्रहरी प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री कृष्ण हरि शर्माज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षकज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, बागमती प्रदेश कार्य समितिका पदाधिकारीज्यू, जिल्ला कार्य समितिका पदाधिकारीज्यू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेतको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धासुमन व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका वीर अमर प्रहरीका परिवारजनहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।साथै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले राज्यमा सृजना भएको बिभिन्न परिस्थितिलाई सामना गर्ने क्रममा साहदत प्राप्‍त गर्ने ती अमर शहीदहरू प्रति पनि बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको थियो ।

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०६-२२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बिशेष सुचनाको आधारमा पालुङबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्कर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडी चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-९, ज्यामिरे बस्ने वर्ष अन्दाजी २६ को रोशन पुरी र सहचालक सोहि बस्ने वर्ष अन्दाजी २२ को धन बहादुर मल्ललाई शंका लागी रितपुर्वक निजहरुको शरीर तथा ट्याङकर समेतको खानतलासी गर्दा ट्याङकरको पाँचवटा डिब्बाहरु मध्ये ३ नं. को डिब्बा भित्र लुकाई छिपाई गरी ल्याइएको अवस्थामा ३९२ किलो लागुऔषध गाँजा फेला परेको । उक्त लागुऔषध, ट्याङकर सहित रोशन पुरी र धन बहादुर मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्यको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर  पठाएको ।