प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-०८-२७

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजार स्थित पृथ्बिलोकमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

काठमाण्डौ बाट पोखरा तर्फ जाँदै गरेको ना८ख२४०५ नं.को माईक्रो गाडी लाई चेकजाँच गर्ने क्रममा गाडि को डिकी भित्र प्लाष्टिक को बोरा मा लुकाई छिपाई राखेको अन्दाजी १० कि.लो. लागुऔषध गाँजा फेला परेको थियो । प्रहरीको नियन्त्रणमा आउने मानिस सोहि गाउँपालिका-४ बस्ने ५७ वर्षीय मोतिलाल तामाङ रहेका छन् । निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य भईरहेको
२०८३-०५-१६

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको । नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरेको छ ।