प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-०८-२७

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजार स्थित पृथ्बिलोकमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।

काठमाण्डौ बाट पोखरा तर्फ जाँदै गरेको ना८ख२४०५ नं.को माईक्रो गाडी लाई चेकजाँच गर्ने क्रममा गाडि को डिकी भित्र प्लाष्टिक को बोरा मा लुकाई छिपाई राखेको अन्दाजी १० कि.लो. लागुऔषध गाँजा फेला परेको थियो । प्रहरीको नियन्त्रणमा आउने मानिस सोहि गाउँपालिका-४ बस्ने ५७ वर्षीय मोतिलाल तामाङ रहेका छन् । निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१०

चितवन, रत्ननगर नगरपालिका-१४, पारिजात चोक स्थितमा प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्टको साथबाट लागुऔषध ब्राउन सुगर ३२० मिलीग्राम, जिल्ला बारा कलैया नगरपालिका-७ घर भई हाल जिल्ला चितवन कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय अबदुल अन्सारी भन्ने नेजाबुद अन्सारीको साथबाट १४० मिलीग्राम ब्राउन सुगर  र जिल्ला चितवन रत्ननगर नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठको लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा पठाएको छ ।