प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चैत्राष्टमीको अवसरमा निशान तथा मौलो पूजा कार्यक्रम सम्पन्न

२०८१-०१-०४

  • A
  • A-
  • A+
Share

२०८० सालको चैते दशैँ (चैत्राष्टमी) को शुभअवसरमा परम्परागत रुपमा मनाँउदै आएको निशान तथा मौलो पूजा आज बिहान ७:२१ बजेको शुभ साइतमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूबाट विधिवत रुपमा पूजा गरी सम्पन्न भएको छ । उक्त कार्यक्रममा  प्रहरी उपरीक्षकज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु लगायत अन्य मातहत दर्जाका प्रहरी कर्मचारीहरु साथै प्रहरी बैण्ड टोली सहितको उपस्थिति भई पुष्प अक्षेता सहित भगवती मन्दिर पूजा आरधना गर्नु भएको थियो । 

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।